१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बाँकेमा आगलागी हुँदा ५० भन्दा बढी घर जलेर नष्ट



बाँके : बाँकेको नरैनापुर गाउँपालिकामा फेरि आगलागी भएको छ । नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा आगलागी हुँदा ५० वटा भन्दा बढी घर जलेका छन् । नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्दजंग शाहीका अनुसार गाउँका आधाभन्दा बढी घरमा क्षति पुगेको छ। ‘कति घर जलेका छन् कसरी आगलागी भयो भन्ने बुझ्ने कोसिस गर्दैछौं,’ उनले भने,‘आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन ।

आगलागी हुनेबित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल पुगेका थिए । आगोमा जलेर केही मानिससमेत घाइते भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !