१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दैनिक धेरै कोरोना संक्रमित थपिने देशमध्ये भारत फेरि संसारकै पहिलो



छिमेकी भारतमा पछिल्लो समय कोरोनाभाइरसका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। कोरोनाको दोस्रो लहर फैलिरहेको भारतमा शनिबारमात्रै झन्डै ९३ हजार संक्रमित थपिएका छन्। योसँगै भारत संसार दैनिक धेरै कोरोना संक्रमित थपिने मुलुकमध्ये पहिलो नम्बरमा पुगेको छ।

यसअघि गत अक्टुबरमा भारतमा दिनहुँ संसारकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिन्थे।

संक्रमित थपिएसँगै भारतमा मृतकको दैनिक संख्या पनि उकालो लागेको छ। शनिबार भारतमा कोरोना संक्रमणबाट ५ सय १४ जनाको मृत्यु भएको छ।  यो संख्या गत डिसेम्बर ४ यता सबैभन्दा धेरै हो।

भारतका महाराष्ट्र, छत्तीसगढ, मध्यप्रदेश, गुजरात, तमिलनाडुलगायत राज्यहरूमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ।


प्रतिक्रिया दिनुहोस !