४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

आजबाट देशभरका विद्यालय पूर्ववत रुपमा सञ्चालनमा, प्रदूषण कम भएको विज्ञको निष्कर्ष



आजदेखि देशैभरिका विद्यालय सञ्चालन हुने भएका छन् । वातावरण प्रदूषण कम हुँदै गएकाले आजदेखि विद्यालयहरु सञ्चालनमा आउन लागेका हुन् ।

वायु प्रदूषण बढेपछि सरकारले यही चैत १७ गतेदेखि सरकारले देशभरका विद्यालय ४ दिनसम्म बन्द गर्ने निर्णय गरेको थियो । तर उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय बन्द नभइ नियमित सञ्चालन भएका थिए ।

काठमाडौं उपत्यकासहित देशका धेरैजसो भूभागमा वर्षा भएसँगै वायु प्रदूषण कम भएको छ । काठमाडौँसहित देशको पहाडी भू(भागका उत्यकाहरुमा करिब एक सातादेखि उच्च वायु प्रदूषण भई तुवाँलोले ढाकेको थियो ।

वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन मद्दत पुगेको वरिष्ठ मौसमविज्ञ ऋषिराम शर्माले बताए । उनका अनुसार पानी पार्ने प्रणाली विकाससँगै हावासमेत चलेकाले प्रदूषण घट्न मद्दत पुग्नेछ । केही दिनदेखि हावासमेत नचल्दा प्रदूषण वायुमण्डलको तल्लो क्षेत्रमै तैरिएर बसेको थियो ।


प्रतिक्रिया दिनुहोस !