Friday, January 24, 2025

ट्रेन्डिङ :

४३ लाख र ९ वटा छड्के तिलहरीसहित एक जना पक्राउ

spot_img
spot_img
spot_img

काठमाडौं : चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टबाट ४३ लाख नगद र ९ वटा छड्के तिलहरीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ तुलसीपुर उप–महानगरपालिका–५ का ३७ वर्षीय सन्दिप कौशल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए । शनिबार तुलसीपुरबाट काठमाडौँ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबाहक बसबाट उक्त सामान बरामद गरिएको हो । प्रहरीका अनुसार बसको यात्रु हिँड्ने प्यासेजमा टेपले बेरेर राखिएको कार्टुनमा हरियो रङको ९ वटा छड्के तिलहरी, १ हजारको ३९०० थान, ५ सयको ८०० थान गरी ४३,००,००० (त्रिचालिस लाख) फेला परेको हो । पक्राउ परेका सन्दिपलाई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?