
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार धरापमा परेको छ। आइतबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदसहित बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि शाहीलाई आग्रह निर्णय गरेपछि शाही नेतृत्वको सरकार अल्पमतमा परहेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली समूहले यसअघि नै मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
आइतबार नेपाल समूहले पनि नयाँ सरकार बनाउन एमालेले आफ्ना मन्त्रीहरूलाई सामूहिक राजीनामा दिन लगाएको छ। भोलि सोमबार नै नेपाल समूहका एमाले मन्त्रीहरूले राजीनामा दिने बताइएको छ । हाल शाहीको मन्त्रिमण्डलमा नेपाल समूहको एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री छन्। शाही माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका हुन् ।