१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौंमा नेपाल समूहले बनायो समानान्तर कमिटी



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ । आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रमबाट बसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो। एमालेको काठमाडौं जिल्ला अध्यक्षमा अध्यक्ष केपी शर्मा ओली समूहका कृष्ण राई छन्। अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताहरुलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि नेपाल समूहले समानान्तर कमिटी बनाउन शुरु गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !