१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

चार प्रदेश सांसदलाई कारबाही गर्दै माओवादी



काठमाडौं । नेकपा माओवादी केन्द्रले चार प्रदेश सांसदको कारबाही प्रक्रिया अगाडि बढाएको छ । केन्द्रले एमालेमा प्रवेश गरेका सांसदलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । प्रदेश १ का टंक आङबुहाङ, लुम्बिनी प्रदेशका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेश सभा सदस्यबाट हटाउने प्रक्रिया अगाडि शुरु गरेको जनाइएको छ । प्रदेश १ का संसदीय दलका नेता टंक आङबुहाङ एमाले प्रवेश गरेसँगै आर्थिक मामिला तथा योजना मन्त्री भइसक्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस !