Tuesday, May 20, 2025

ट्रेन्डिङ :

विभागले भन्यो : कतार प्रहरीमा माग आएको छैन

spot_img
spot_img

वैदेशिक रोजगार विभागले कतार प्रहरीका लागि मागपत्र नरहेको बताएको छ।

कतार प्रहरीमा रोजगारीका लागि पठाउने भन्दै विभिन्न व्यक्ति तथा संस्थाले ठग्न सक्ने भएकाले त्यसबाट बच्न विभागले सोमबार सूचना जारी गर्दै प्रस्ट पारेको हो।

कतार प्रहरीका लागि भन्दै राहदानी लगायतका कागजात संकलन गर्ने अन्तर्वार्ता लिने तथा रकम माग गर्ने लगायतका अवैधानिक काम भइरहेको गुनासो विभागमा आएपछि विभागले सूचना जारी गरेको हो।

 

वैदेशिक रोजगारीका लागि कतारमा पनि नेपाली श्रमिक पठाउने कार्य जारी रहेको भएपनि कतार प्रहरीका लागि कतारस्थित दूतावासबाट कुनै मागपत्र प्रमाणिकरण भई नआएको र विभागबाट पनि पूर्व स्वीकृति प्रदान नगरिएको सूचनामा उल्लेख छ।

कुन कुन गन्तव्य मुलुकमा के कस्तो कामको लागि कति संख्यामा कामदारको माग भइआएको छ, कुन कुन म्यानपावर कम्पनीले विभागबाट पूर्व स्वीकृति प्राप्त गरेका छन् तथा अन्तर्वार्ता मिति र स्थान समेतको विवरण विभागको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्)बाट पनि थाहा पाउन सकिन्छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?