Saturday, May 17, 2025

ट्रेन्डिङ :

रुसका राष्ट्रपति पुटिन अझै १६ वर्ष सत्तामा रहन सक्ने

spot_img
spot_img

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै १६ वर्ष सत्ताको नेतृत्वमा रहन सक्ने भएका छन्।

बीबीसीका अनुसार सोमबार पुटिनले त्यस्तो विधेयकमा हस्ताक्षर गरेका हुन्, जसले उनलाई सन् २०३६ सम्म अर्थात् अरू दुई कार्यकाल राष्ट्रपति पदमा बस्न सक्ने शक्ति दिएको छ।

योसँगै पुटिन रुसका तानाशाह जोसेफ स्टालिनभन्दा लामो समयसम्म सत्तामा रहने राष्ट्रपति बन्ने सम्भावना बढेको छ।

तर झन्डै २ दशकदेखि सत्तामा रहेका पुटिनले आफ्नो बाँकी कार्यकाल ६ वर्ष पूरा भएपछि फेरि सत्ता प्राप्त गर्ने प्रयासमा लाग्ने वा नलाग्ने भन्ने कुरा पछि निर्णय गर्ने बताएका छन्।

गत वर्ष रुसमा संविधान संशोधनका लागि जनमत संग्रह गरिएको थियो। जसमा नागरिकले जोडदार ढंगले समर्थन जनाए। यसपछि गत महिना सांसदले विधेयकलाई अनुमति दिए।

पुटिन पहिलोपटक सन् २००० मा राष्ट्रपति बनेका थिए। उनले दुईपटक चार/चार वर्षका कार्यकाल पूरा गरेका थिए। यसपछि उनका सहयोगी दिमित्री मेदेवदेव सन् २००८ मा राष्ट्रपति बनेका थिए।

सन् २०१२ मा पुटिन पुनः सत्तामा आएका हुन् र २०१८ मा पनि उनले विजय हासिल गरे।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?