१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

रु रु जलविद्युतको आइपीओमा करिब ६२ गुणा आवेदन, ९८ प्रतिशतले शेयर नपाउने



रु रु जलविद्युतले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओमा सोमबार साँझसम्ममा करिब ६२ गुणा आवेदन परेको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझसम्ममा १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याएको शेयरको ६१.६८ गुणा धेरै हो।

यो प्रारम्भिक तथ्यांक भएकोले आइपीओमा आवेदन गर्नेको संख्या अझै बढ्न सक्नेछ ।

रु रु जलविद्युत परियोजनाले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

कुल निष्कासन मध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुलाइ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता शेयर मात्रै वितरण हुनेछ ।

माग भन्दा बढी आवेदन परेकोले न्युनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ३७ हजार ९१६ जनाले मात्रै शेयर पाउने देखिन्छ । त्यस अनुसार करिब ९८ प्रतिशतले शेयर नपाउने देखिन्छ

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।


प्रतिक्रिया दिनुहोस !