१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

निर्वाचन आयोगले ओलीलाई वैधानिकता दिएपनि नआत्तिन कार्यकर्तालाई माधव नेपालको आग्रह



नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले केपी शर्मा ओलीलाई वैधानिकता दिएपनि नआत्तिन नेता कार्यकर्तालाई आग्रह गरेका छन ।

मंगलबार आफ्नो समूह निकट वाग्मती प्रदेश कमिटीको वैठकलाई सम्बोधन गर्दै नेता नेपालले आयोगले केपी ओलीको निर्णयलाई वैधानिकता दिए नआत्तिन आग्रह गरेका हुन् । समस्या आएमा समाधान पनि निकाल्ने भन्दै उनले भने, ‘तपाईंहरु र हामी एउटै डुङ्गामा सवार भएका छौं, त्यो डुङ्गालाई सफलताका साथ वारीबाट पारी पुर्‍याइछाड्ने छौं । लक्ष्यसम्म पुगिछाड्ने छौं । आत्तिनुपर्ने केही छैन ।’

सर्वोच्चको फैसलाले एमाले पुनर्जिवित भएपछि ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरुको मात्र वैठक राखेर विधान संशोधन, पदाधिकारी खारेज, माओवादीबाट आएका नेताहरुलाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसलाई वैधानिकता नदिन माग गर्दै नेपाल समूह आयोग गएको छ ।


प्रतिक्रिया दिनुहोस !