Wednesday, February 19, 2025

ट्रेन्डिङ :

मेलम्चीको पानी काठमाडौं आएपछि ९ सय ट्याङ्करका १९ सय चालक र सहचालक बेरोजगार

spot_img
spot_img

मेलम्चीको पानी काठमाडौ आएपछि ९ सय ट्याङ्करका १९ सय चालक र सहचालक बेरोजगार हुने भएका छन् । मेलम्चीको पानी वितरण सुरु भएसंगै ट्यांकरमार्फत बिक्री हुने खानेपानी करिब ७० प्रतिशत घटेको पाइएको छ।

चैत १५ गतेदेखि मेलम्चीको पानी राजधानीवासीको धारा छाडिएसँगै ट्यांकर व्यवसायीको व्यापार सुकेको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चक्रपथभित्र दिन विराएर प्रत्येक धारामा कम्तीमा हजार लिटर पानी दिन थालेको छ। उपत्यकामा सबैभन्दा बढी ट्यांकरको पानीको माग चक्रपथ भित्र थियो।

व्यवसायीहरुका अनुसार चक्रपथभित्र ८० प्रतिशतभन्दा बढी ट्यांकरको पानी खपत हुने गरेको थियो। मेलम्चीको पानी पहिलो चरणमा चक्रपथ भित्र नै वितरण गरिएका कारण माग व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका हुन्। खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष सुमन पाठकका अनुसार उपत्यकामा अहिले ७० प्रतिशतभन्दा बढी व्यापार घटेको बताए।

उपत्यकामा करिव ९ सय खानेपानी बोक्ने ट्यांकर छन्। व्यवसाय फष्टाएसँगै ट्यांकर व्यवसायीका तीन वटा संघ खुलेका थिए। ९ सय वटा ट्यांकरमा चालकरसहचालक १८ सय जना, व्यवसायी,बोरिङमा काम गर्ने, संघको कार्यालयका कर्मचारी, तिनका आश्रित परिवार गरि करिव ३६ हजार जना प्रत्यक्ष रुपमा विस्थापित हुने उनले बताए।

गत वर्ष यहि समय ट्यांकर व्यवसायीहरुलाइ भ्याइ नभ्याइ हुन्थ्यो। सुक्खा समयमा पानीको माग धेरै हुन्छ। एउटै ट्याङकरले ५ देखि ७ टिपसम्म सहजै गर्थे। तारन्तर पानी नल्याएको भन्दै ग्राहकहले फोन गर्थे।

कतिपय ठाउमा पानी मगाएको भोलिपल्ट मात्रै पुर्‍याउन भ्याउथे। तर अहिले पानी मगाउन कसैले फोन गर्न छाडेको व्यवसायीहरुको भनाइ छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?