१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सुन तस्करीको नयाँ शैलीः कुकरको तल्लो भागमा करिब १ किलो सुन भेटियो



 करिब एक किलो सुन सहित प्रहरीले विमानस्थलबाट एक युवकलाई नियन्त्रणमा लिएको छ।

विमानस्थलमा खटिएको प्रहरी र विमानस्थल भन्सार कार्यालयको टोलीले मंगलबार राती नियन्त्रणमा लिएको हो। धनुषाका प्रकाश महरालाई नियन्त्रणमा लिएको त्रिभुवन विमानस्थलका प्रहरी एसएसपी राजेश बाँस्तोलाले जानकारी दिए।

‘ शङ्कास्पद गतिविधि देखियो त्यही क्रममा चेक गर्दा सुन फेला परेको हो। थप अनुसन्धान भइरहेको छ,’ एसएसपी बाँस्तोलाले भने।

उनी मङ्गलवार राती फ्लाइ दुवईको उडानबाट काठमाडौं ओर्लिएका थिए। सुरुमा प्रहरीले उनको साथमा रहेको ५० ग्रामको सुनको बाला नियन्त्रणमा लिएको थियो। त्यसपछि पनि स्क्रिनिङ मेसिनमा सुन देखिएको थियो। तर उनको झोला खोज्दा काही कतै केही भेटिएन। पछि उनले ल्याएको राइस कुकुरको तल्लो भाग फोडेर हेर्दा सुन भेटिएको थियो।

‘कुकुरमा नै कम्पनीबाट नै फिट गरेको जस्तो बुझिन्छ। तर उसलाई सोध्दा आफूलाई केही थाहा नभएको बयान दिएको छ,’ एसएसपी बाँस्तोलाले भने। कुकरको तल्लो भागमा  ८ सय ८४ ग्राम सुन फेला परेको थियो।

उनी भरिया मात्र भएको खुलेको छ। दुवईबट ४/५ हजार रुपैयाँ दिएर विमानस्थल बाहिर लिन आउने मानिसलाई सामान दिने सर्तमा पठाएको उनले बयान दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !