Wednesday, March 19, 2025

ट्रेन्डिङ :

बलात्कारीलाई सात वर्ष कैद सजाय

spot_img
spot_img

बागलुङ । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो । कैदसँगै वनले पीडित युवतीलाई रु ८० हजार रकम क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

विसं २०७७ असार १७ गते ती युवतीलाई बलात्कार गरेको अरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?