१२ मंसिर २०८०, मंगलवार
 |   Tue Nov 28 2023
Logo

माओवादी छोडेर एमाले गएका चारमन्त्रीको सांसद पद खोसियो, ६ महिना मात्र मन्त्री हुन पाउने



माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका ४ जना मन्त्रीको सांसद पद खारेज भएको छ ।  सर्वोच्च अदालतले नेकपा खारेजीको फैसला सुनाएपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रका केही सांसदहरु नेकपा एमालेतर्फ नै लागेका थिए  ।

माओवादीबाट एमालेमा गएका उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पद खारेज भएको हो । उनीहरु अब ६ महिनासम्म मात्र मन्त्री हुन पाउने छन।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले संसद् सचिवालयलाई पत्र लेखेर उनीहरूले दल त्याग गरेको जानकारी गराएपछि सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको संसद बैठकमा पद रिक्त भएको जानकारी दिएका हुन् ।

गत सोमबार संसदीय दलका नेता पुष्पकमल दाहालले संसद् सचिवालयलाई चार जना सांसदलाई कारबाही गरिएको जानकारी गराएका थिए


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय