Friday, May 23, 2025

ट्रेन्डिङ :

सांसदसँगै मन्त्री पद गुमाएका ४ जनालाई पुनर्नियुक्ति गर्ने ओलीको तयारी

spot_img
spot_img

काठमाडौं : नेकपा माओवादी केन्द्र छाडेर गत फागुन २८ गते नेकपा एमाले प्रवेश गरेका चार सांसदको सांसद पदसँगै मन्त्री पद समेत गुमाएकाहरुलाई प्रधानमन्त्री केपी शर्माओलीले तत्काल मन्त्री पदमा नियुक्ति गर्ने तयारी गरेका छन् । बिहीबार सभामुख अग्नि सापकोटाले चार मन्त्रीले दल त्याग गरेको प्रतिनिधिसभालाई जानकारी दिएलगत्तै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको दुवै पद खोसिएको थियो । माओवादीबाट एमाले प्रवेश गरेका उनीहरुको पद गुमेसँगै प्रधानमन्त्री ओलीले बिहीबारै उनीहरुको पुनर्नियुक्तिबारे आफु निकटका नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री ओलीलाई उनीहरुको पुनर्नियुक्ति गर्नु राम्रो हुने सुझाव दिएको सहभागी एक नेताले बताए ।

२०७४ सालको निर्वाचनमा टोपबहादुर रायमाझी अर्घाखाँची, लेखराज भट्ट कैलाली–४, प्रभु साह रौतहट–३ र गौरीशंकर चौधरी कैलाली–३ बाट नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनीहरु यसअघि संविधानको धारा ७६ अनुसार मन्त्री भएका थिए । अब सांसद पदबाट हटेपछि संविधानको धारा ७८ अनुसार मात्र मन्त्री हुन सक्ने कानुनद्हिरु बताउँछन् । धारा ७८ अनुसार सांसद नभएको व्यक्ति पनि मन्त्री हुनसक्ने प्रावधानअनुसार मन्त्री हुन सक्ने तर त्यसको अवधि ६ महिनासम्म मात्र हुने व्यवस्था छ। पार्टी छोडेपछि माओवादी केन्द्रले उनीहरुलाई मंगलबार मात्रै दलबाट निस्कासन गर्दै कारबाही गरेको थियो । भट्ट १६ महिना अघि अर्थात २०७६ साल मंसिरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए भने रायमाझी, साह र चौधरी तीन महिनाअघि गत पुस १० मा मन्त्री बनेका थिए ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?