Friday, December 6, 2024
spot_img

ट्रेन्डिङ :

गृहमन्त्री रामबहादुर थापासहित दुई राष्ट्रियसभा सांसदलाई पनि माओवादीले गर्‍यो कारवाही

spot_img
spot_img

नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सांसद चन्द्रबहादुर खड्कालाई कारवाही गरेको छ।

बादल र खड्का नेकपा एमालेमा प्रवेश गरिसकेका छन्। दल त्याग गरेकाले माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार उनीहरुलाई कारवाही गरेको हो। माओवादीले दुवै जनाले दल त्याग गरेको सूचना संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरिएको छ।

माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भई सो दलको केन्द्रीय सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) गरिदिन भनेर दल त्यागको सूचना शुक्रबार संसद सचिवालयमा दिएका हुन्।

माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले सूचना सचिवालयमा दिइएको बताए। ‘दलको नेताका तर्फबाट राष्ट्रियसभाका नेता दिनानाथ शर्माले सूचना बुझाउनुभएको हो,’ विडारीले भने।

बादल ६ वर्षका लागि राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए भने खड्काको कार्यकाल ४ वर्ष छ। राष्ट्रियसभा बैठक अधिवेशन अन्त्य भइसकेकाले सूचना टाँस गरेर उनीहरुलाई पदमुक्त गरिएको जानकारी गराइनेछ।

यसअघि बिहीबार प्रतिनिधिसभामा बैठकमा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई पदमुक्त गरेको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले गराएका थिए। केपी ओली सरकारमा मन्त्री रहेका प्रत्यक्ष निर्वाचित चारै जनालाई सांसदबाट पदमुक्त गर्न प्रचण्डले मंगलबार संसद सचिवालयमा सूचना दिएका थिए

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?