१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

नयाँ सरकार बनाउन बसेको तीन दलको बैठक निष्कर्षविहीन



काठमाडौं : नेपाली काँग्रेसको आह्वानमा बसेको ३ दलको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार दिउँसो काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेससहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सम्मेलित बैठक बसेको थियो । बैठकमा नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने औपचारिक रुपमा माओवादी केन्द्र र जसपालाई जानकारी गराएको बताइएको छ । तर यो बिषयमा जसपाले पार्टीको बैठक बसेर निणर्यय गर्ने बताएपछि बैठक विनानिष्कर्ष सकिएको हो ।

उता नेकपा माओवादी केन्द्रले भने काँग्रेसको प्रस्तावलाई सकरात्मक लिएको बताइएको छ । नेपाली काँग्रेसले यसअघिको आन्तरिक बैठकमा प्रधानमन्त्री ओलीको राजीनमा माग्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निष्कर्षमा पुगिसकेको थियो । जसपा भने ओली नेतृत्वकै सरकारमा सामेल हुने या नेपाली काँग्रेस नेतृत्वको नयाँ सरकारमा सामेल हुने भन्ने बिषयमा अन्योलमा छ । उसले ओली सरकारमा सहभागी हुन केही मागहरु पनि प्रस्तुत गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !