१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

२०८ कार्यकर्तालाई रिहा गर्न गृहमन्त्रालयमा राजपाले पठायो पत्र



काठमाडौं । जनता समाजवादी पार्टीले विभिन्न २४ मुद्धामा अभियोग लागेका २०८ जना आफ्ना पार्टीका नेता÷कार्यकर्ता रिहा गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ । जसपासंगको छलफलपछि सरकारले राजनीतिक मुद्दाको प्रकृति उल्लेख गरी निर्देशिका बनाएको छ । सोही निर्देशिकाको आधारमा २०८ जना नेतारकार्यकर्ता रिहा गर्ने प्रक्रिया अघि बढाउन गृहमन्त्रालयमा पत्र पठाइएको जसपाका नेता सुरेन्द्र झाले जानकारी दिए । ‘हामीले पठाएकोमा राजनीतिक मुद्धा नै छ । यसलाई गृह मन्त्रालयले हेर्छ र यस्तो यस्तो रहेछ भनी रुजु गर्छ’ नेता झाले भने । नेता झाका अनुसार ती २४ मुद्धामा अभियोग लागेका २०८ जना विभिन्न १३ जिल्लाका नेतारकार्यकर्ता हुन् । यो २०८ जनामा टीकापुर घटनामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका रेशम चौधरीदेखि प्रदेशको समाजिक विकास राज्यमन्त्री र स्थानीय तहका प्रमुखसमेत रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !