Friday, May 23, 2025

ट्रेन्डिङ :

पत्रकार महासँघको चुनावमा ओली समूहको पत्तासाप, विपुल प्यानल भारी मतले विजयी

spot_img
spot_img

काठमाडौं : नेपाल पत्रकार महासंघको नयाँ अध्यक्षमा प्रेस युनियनका विपुल पोखरेल निवार्चित भएका छन्। आज सकिएको मतगणनामा प्रतिस्पर्धी उम्मेद्वार निर्मला शर्मा र गजेन्द्र बुढाथोकीलाई पछाडी पार्दै पोखरेल भारी मतअन्तरका साथ विजयी भएका छन्। मतगणना सकिए पनि मतपरिणामको औपचारिक घोषणा भने भइसकेको छैन। पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा काँग्रेस निकट प्रेस युनियनले सिंगै प्यानलमा जित हासिल गरेको हो।

विपुल प्यानल जित सुनिश्चित भएको हो। अध्यक्षमा विपुल पोखरेलले प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी भोटले पछि पारेका छन्। विपुलको जित निश्चित भएसँगै प्रेस युनियनले उनलाई खादा र माला लगाइदिएर विजयोत्सव मनाइरहेको छ। मत परिणामको औपचारिक घोषणा ५ बजेपछि गर्ने कार्यक्रम छ। त्यस्तै ५ गते भएको चुनावबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम, महासचिवमा रोशन पुरी निर्वाचित भएका छन्। यस्तै, सचिवमा गोविन्द चौलागाईँ, सृजना अर्याल, नारायण सुन्दर किलम्बु, दीपेन्द्र चौहान, हेमकर्ण बिक र पवन आचार्य विजयी भएका छन्। कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने विजयी भएका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?