Thursday, May 1, 2025

ट्रेन्डिङ :

गोंगबुको गेस्ट हाउसमा शव भेटियो

spot_img
spot_img

काठमाडौं : काठमाडौं महानगरपालिका–२७ मित्र नगर स्थित गेस्ट हाउसमा पुरुषको शव भेटिएको छ । गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो । सो कोठा राजु क्षेत्रीको नामबाट बुक गरिएको गेस्ट हाउसको रेकर्डमा देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?