Monday, November 11, 2024
spot_img

ट्रेन्डिङ :

चीनले बनाएको कोरोना खोप कम प्रभावकारी भएको चिनियाँ वैज्ञानिकले गरे खुलासा

spot_img
spot_img

एजेन्सी । चीनका स्वास्थ्य अधिकारीले चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप कम प्रभावकारिताको भएको खुलासा भएको छ । चाइना सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक गाओ फूलेले छेन्दुमा आयोजित एक कार्यक्रममा खोप प्रभावकारिता कम भएकाले अन्य खोपसँग मिलाएर प्रभावकारिता बढाउने बताए । चीनले हालसम्म विश्वमा लाखौ डोज खोप निर्यात गरिसकेको छ ।

‘प्रतिरक्षा प्रणाली बलियो पार्ने प्रक्रियामा हामीले फरक प्रविधिबाट बनेका फरक खोप पनि प्रयोग गर्ने कि भन्नेबारे अहिले औपचारिक रूपमा विचार गर्दैछौं,’ फूले भने। ब्राजिलमा गरिएको एक अनुसन्धानमा चिनियाँ कम्पनी सिनोभ्याकले तयार पारेको कोरोना खोपको प्रभावकारिता ५०.४ प्रतिशतमात्रै देखिएको थियो। यता, बायोटेकले बनाएको फाइजर खोपको प्रभावकारिता भने ७९ प्रतिशत देखिएको थियो । चीनमा चार वटा कम्पनीहरूले कोरोनाभाइरसविरूद्धका खोप बनाएका छन्। स्वदेशमा उत्पादित खोप अहिलेसम्म १६ करोड बढी चिनियाँहरूले लगाइसकेका छन्। चीनले नेपाललाई पनि अनुदानमा खोप दिएको थियो ।

 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?