३१ जेष्ठ २०८१, बिहीबार
 |   Thu Jun 13 2024
Logo

रवि लामिछानेले बनाएको रास्कोट अस्पताल आजदेखि सञ्चालनमा



पत्रकार रवि लामिछाने सहितको पहलमा कालिकोटको रास्कोटमा अस्पताल भवन निर्माण गरी आजदेखि सेवा सुरू भएको छ।अस्पताल भवन हस्तान्तरण तथा सेवा शुभारम्भ कार्यक्रमका लागि पत्रकार लामिछाने रास्कोटमा छन्।

मंगलबार उक्त अस्पताल भवन हस्तान्तरण भएको हो। अस्पतालले पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको जनाएको छ। अस्पताल १५ शय्या क्षमताको हो। आकस्मिक कक्षमा पाँच शय्या छ। यहाँ एमबिबिएस गरेका चिकित्सक रहन्छन्।

अस्पताल निर्माणका लागि स्वदेश र विदेशबाट सहयोग उठेको थियो। सहयोग गर्ने सबैलाई पत्रकार लामिछानेले धन्यवाद दिएका छन्।


प्रतिक्रिया दिनुहोस !