१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ जनाको मृत्यु समेत भएको छ ।

यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ ।

यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ  ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनाको परीक्षण भएको थियो ।


प्रतिक्रिया दिनुहोस !