१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दुई हप्तामा ११ सय भारतीय काठमाडौं हुँदै खाडी मुलुक गए



खाडी मुलुकमा जानका लागि भारतीयहरुले पछिल्लो समय नेपालको विमानस्थल प्रयोग गर्दै आएका छन्। रोजगारीका लागि जाने भारतीयहरुले भारतबाट जान नमिलेपछि नेपालको बाटो उपयोग गरेका हुन्।

काठमाडौं आएर १४ दिन क्‍वारेन्टिन बस्‍ने त्यसपछि काठमाडौंस्थित भारतीय दूतावासबाट नो अब्जेक्सन लेटर लिएर खाडी मुलुक जाने गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार अप्रिल १ देखि १४ सम्म ७ हजार भारतीयहरु हवाइ रुटबाट नेपाल आएका छन्। त्यसमध्ये चार हजार भारतीय काठमाडौंबाट बाहिरिएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार ११ सय भारतीय कतार र सयुक्त अरब इमिरेट्समा गएका छन्।

‘हाम्रो विमानस्थलको तथ्यांकअनुसार ११ सय भारतीय काठमाडौंबाट दुबई र कतार गएका छन्’ उनले भने।

कतार एयरवेज, फ्लाइ दुबइ तथा एयर अरेबियाबाट मात्र यी ११ सय भारतीय ती गन्तव्यमा गएका हुन्। यसबाहेक यो रुटमा नेपाल एयरलाइन्स र हिमालयले पनि उडान गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !