१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

फ्लोर क्रस गम्भीर विचलन हो, क्षम्य हुँदैन : प्रदीप ज्ञवाली



नेकपा एमालेका नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले फ्लोर क्रसलाई पार्टीमा देखिएको गम्भीर विचलन भनेका छन् । उनले  ह्वीप नमानेर फ्लोर क्रस गर्ने निर्णय क्षम्य नहुने बताए ।

‘यो गम्भीर विचलनको विषय हो, क्षम्य हुन सक्दैन’, ज्ञवालीले भने । फ्लोर क्रस गर्नेहरुलाई कारवाही हुने पनि उनले बताए ।

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत माग्दा एमालेका चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा मत दिएका थिए ।

एमाले संसदीय दलले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि सांसदहरु प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेका छन् । ज्वाला र बुढाले केहीदिन अगाडि मात्रै मन्त्रीबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !