१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ओली नेतृत्वको सरकारसँग कांग्रेसले निहुँ खोज्दैन : देउवा



काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्र कांग्रेस मुभ गर्नसक्‍ने बताएका छन्। देउवाको निवास बूढानिलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन समारोहमा आइतबार सभापति देउवाले भने, माओवादीले समर्थन फिर्ता नलिँदासम्म नयाँ सरकार गठनका लागि कांग्रेस अगाडि बढ्न सक्दैन।

अहिले ओलीको सरकार बहुमत कै हैसियतमा रहेकाले समर्थन फिर्ता लिए मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनसक्‍ने बताए। उनले भने, बहुमतको सरकारसँग अहिले कांग्रेसले निहुँ खोज्दैन। देउवाले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको स्पस्ट पार्दै भने, तर परिस्थितिले नेतृत्व गर्नैपर्ने अवस्था आए कांग्रेस पछि हट्दैन। मुलुकलाई निकास दिन हामी अग्रसर हुन्छौं । देउवाले नेपालको राजनीत यतिबेला निकै महत्वपूर्ण मोडमा उभिएको बताए।


प्रतिक्रिया दिनुहोस !