१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

एनआरएन डेभलपमेन्ट फण्डको अध्यक्षमा उपेन्द्र महतो र सिइओमा अनलराज भट्टराई नियुक्त



गैरआवसीय नेपाली संघ (एनआरएन)को लगानी रहेको एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा उपेन्द्र महतो चयन भएका छन् । महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् ।

उक्त फण्डको प्रमुख कार्यकारी अधिकृतमा अनलराज भट्टराई नियुक्त भएका छन् । अनलराज भट्टराइ वित्त क्षेत्रका जानकार मानिन्छन् भने महतोसंग व्यावसायिक अनुभव छ । उनीहरुको उपस्थितिले फण्ड विश्वभरीका गैरआवासीय नेपालीको लगानीलाई उच्चतम प्रतिफल दिने कम्पनीका रुपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

महतोको नेतृत्वमा एनआरएनका वर्तमान अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने र एनआरएनमा सक्रिए महेश श्रेष्ठ, गौरीराज जोशी, खगेन्द्र जिसी, बद्री केसी, सोनम लामा लगायतका व्यक्तिहरुको संचालक टिम बनेको छ।

फण्डले निकट भविष्यमै ८ अर्ब रुपैयाँको आइपीओ समेत जारी गर्दै छ। आइपीओ निष्काशनको तयारी तीब्र रुपमा अगाडी बढाइएको कार्यकारी अधिकृत भट्टराईले बताए।

फण्डले पहिलो चरणमा विदेशमा रहेका १० लाख बढी नेपालीलाई लक्षित गरि नेपालमा पहिलोपटक विदेशी मुद्रामा आइपीओ जारी गर्दै छ। नेपाली पुँजी बजारको इतिहासमा विदेशमा बसेका नेपालीका लागि आइपीओ जारी गर्न लागिएको यो नै पहिलोपटक हो।

१० अर्ब रुपैयाँ फण्ड आइसकेपछि दोस्रो चरणमा सहायक कम्पनीहरु स्थापना गरेर नेपालमै बस्ने नेपालीका लागि समेत आइपीओमा लगानी गर्ने अवसर दिइने भट्टराईको भनाई छ।


प्रतिक्रिया दिनुहोस !