१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

शिल्पा पोखरेलको उजुरीपछि प्रकाश सुवेदीका दुवै टेलिभिजन कार्यक्रम निलम्बित



रंग पत्रकार प्रकाश सुबेदीले एपीवान टेलिभिजनमा सञ्चालन गर्ने दुई विवादित मनोरञ्जनात्मक कार्यक्रम निलम्बनमा परेका छन् । नायिका शिल्पा पोखरेलले आफ्नो चरित्रहत्या गरेको भन्दै उक्त कार्यक्रमका विरुद्ध टेलिभिजनमा उजुरी दिएकी थिइन् ।

टेलिभिजन स्रोतका अनुसार गत २ वैशाखमा बसेको एपीवान टिभीको बोर्ड वैठकले शिल्पाका विषयमा थप सामग्री नबनाउन सुबेदीलाई निर्देशन दिएको थियो । तर, त्यसको अटेर गरी सुबेदीले आफ्नो कार्यक्रममा शिल्पाका पूर्वपति छवि ओझाको अन्तरवार्ता लिएर शिल्पाको थप चरित्रहत्या प्रयास गरेका थिए ।

टिभी स्रोतले भन्यो, ‘२ गतेको बोर्ड वैठकले शिल्पाको अन्तरवार्ताबाहेक उनको विषयमा अरु खालका सामग्री प्रशारण नगर्न भनेको थियो, जसलाई उहाँले अटेर गर्नुभयो ।’

टीभी बोर्डको निर्णयपछि सुबेदीले सञ्चालन गर्ने ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द भएका छन् ।


प्रतिक्रिया दिनुहोस !