१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

वित्तीय विवरण सार्वजनिक भएपछि चन्द्रागिरिको सेयरमा पहिरो



कम्पनीको सेयरमा आज नकारात्क सर्किट लागेको छ । उक्त कम्पनीको सेयर सोमबार प्रतिकित्ता २३६ रुपैयाँले घटेको छ । प्रतिशतका आधारमा हेर्दा यो ९.८० हो ।

दोस्रो बजारमा कम्पनीको कारोवारमा उच्च अंकले गिरावट आउँदा प्रतिकित्ता २ हजार १७३ मा ओर्लेको छ । आइतबार सो कम्पनीको सेयर २ हजार ४०९ मा कारोवार भएको थियो ।

अप्रिल ८ तारिखका दिनसम्म सो कम्पनीको सेयर उकालोको यात्रामा थियो । त्यस दिन प्रतिकित्ता २ हजार ६२५ मा कारोबार भएको थियो । त्यसपछि उतारचढाव हुँदै कम्पनीको सेयर मूल्य सोमबार तल्लो बिन्दुमा झरेको हो ।

कम्पनीको १५ लाख ३४ हजार ९१० कित्ता सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छ । आइतबारसम्मको कारोवारमा कम्पनीको बजार पूँजीकरण ३६ अर्ब ९५ करोड ६२ लाख ५२ हजार १९० बराबर पुगेको थियो ।

कम्पनीको सोमबार बिहान मात्रै चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको थियो । कम्पनीले १८ करोड बढीको घाटा बेहोरेको छ ।

कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासमा चन्द्रागिरि हिल्सको घाटा १८ करोड ११ लाख २० हजार ७१३ रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा चन्द्रागिरि हिल्सको घाटा २१ करोड ८० लाख ८ हजार २२६ रुपैयाँ थियो ।

कारोना महामारीका कारण लागू भएको लकडाउन भएयता चन्द्रागिरि हिल्सले सञ्चालन बन्द गरेको थियो ।

कम्पनीले समीक्षा अवधिमा सञ्चालन गरी १७ करोड ४२ लाख २० हजार १८८ रुपैयाँ आम्दानी गरेको छ । जबकी कम्पनीले गत वर्षका सोही अवधिमा ४१ करोड २२ लाख ११ हजा ६६० रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ११.८१ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ७९.०८ रुपैयाँ छ । त्यसैगरी प्रतिसेयर कुल सम्पत्तिको मूल्य ०.०५ रुपैयाँ छ । कम्पनीको प्राइस अर्निङ रेसियो २१०.४८ छ भने चालु अनुपात २.८६ छ ।


प्रतिक्रिया दिनुहोस !