१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सिट क्षमताभन्दा बढी यात्रु नराख्न यातायात व्यवसायीलाई निर्देशन



सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ।

मंगलबार यातायात व्यवसायीहरुलाई प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना भाइरस नियन्त्रणका लागि मन्त्रीपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

संक्रमण बढ्दै गएपछि सोमबार मन्त्रीपरिषद्को बैठकले सार्वजनिक यातायात सुरक्षित रुपमा सञ्चालन गराउने निर्णय गरेको थियो।

सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने तथा सवारीको ढोकामा र सवारी साधन भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने लगायत निर्णय गरिएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले अब सवारी साधन दैनिक रुपमा ‘स्यानिटाइज’ गरेर मात्रै सञ्चालन गर्नुपर्ने बताए। चालक र सहचालकले पनि मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्ने छ।

यससँगै मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न दिन पाइने छैन।

लामो दुरीका सवारीबीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गर्नुपर्नेछ। लामो दुरीका यात्रुहरुको विवरण कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई उपलब्ध गराउनुपर्ने छ।


प्रतिक्रिया दिनुहोस !