Wednesday, September 18, 2024

ट्रेन्डिङ :

मन्जुश्री फाइनान्सको ९४.१६ प्रतिशतले बढ्यो खुद नाफा

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मन्जुश्री फाइनान्सको खुद नाफा ९४.१६ प्रतिशतले बढेको छ । आघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १९ करोड ३२ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा बढेर ३७ करोड ५१ लाख पुगेको हो । यस अवधिमा कम्पनीको कम्पनीको गैर संचालन आम्दानी ४३ करोड १३ लाख रहेको छ । गैर संचालन आम्दानी ठूलो भएपछि कम्पनीको नाफा आकर्षण देखिएको हो । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा २८ करोड २१ लाख रहेको छ ।

यस अवधिमा कम्पनीको निक्षेप ४३.०६ प्रतिशतले बढेर ८ अर्ब ३६ करोड पुगेको छ भने कर्जा प्रवाह ७.७३ प्रतिशतले बढेर ६ अर्ब ३३ करोड पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी १.५८ प्रतिशतले घटेर २८ करोड ६५ लाख पुगेको छ । ९६ करोड ५३ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ६६ करोड ५१ लाख रहेको छ । कम्पनीको खराब कर्जा २.५७ प्रतिशतबाट बढेर ३.४३ प्रतिशत पुगेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५१.८२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६८.९४ रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?