३ असार २०८१, आईतवार
 |   Sun Jun 16 2024
Logo

कोरोना बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा लकडाउन



काठमाडौं : कोरोना भाइरस संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा, सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !