१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दुवै नेता प्रफुल्ल मुद्रामा बाहिरिए, के-के छलफल भयो ओली नेपाल भेटवार्तामा ?



नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । भेटवार्ता सकेर दुवै नेता मेरियट होटलबाट बाहिरिएका छन् । भेटवार्ता सकेर बाहिरिने क्रममा नेता नेपालले केही प्रतिक्रिया दिन चाहेनन् । ओली र नेपालबीच दुई घण्टा वान टु वान भेट वार्ता भएको थियो ।

यद्यपि दुवै नेताको अनुहार बाहिर निस्कने क्रममा प्रफुल्ल देखिन्थ्यो । दुई नेताको भेट चलिरहेका बेला होटल मेरियट पुगेका प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहाकार मोती दुगडले छलफल सकारात्मक भएको आफुले महशुस गरेको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !