१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

फुटको संघारमा राजपा ! अध्यक्ष ठाकुरले बोलाएआफू निकट सांसदहरुको भेला



काठमाडौं : नयाँ सत्ता समीकरणका लागि पार्टी भित्र रस्साकसी चलेको बेला जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरुको भेला बोलाएका छन् । बिहीबार उनले पूर्व राष्ट्रिय जनता पार्टीका सांसदहरुको भेला बोलाई छलफल गरेका छन् । अनौपचारिक भनिएको बैठकमा अध्यक्ष ठाकुरले पार्टीमा के भइरहेको छ भन्ने विषयमा ब्रिफिङ गरेको सहभागी एक सांसदले बताए । ठाकुरले बोलाएको सांसदहरुको भेलाले जनता समाजवादी पार्टीमा फुटको आधार खडा गर्न सक्ने बताईएको छ ।

पूर्व समाजवादी पार्टी अर्थात अध्यक्ष उपेन्द्र यादव र संघीय परि‍षद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष नेकपा एमालेबाहेकका दलहरुसँग सत्ता सहकार्य गर्नुपर्ने पक्षमा छ भने पूर्व राजपा अर्थात महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने पक्षमा रहेका छन् । गण्डकी प्रदेशमा जनता समाजवादी पार्टीसमेत मिलेर मुख्यमन्त्री पृथ्वीसब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ भने लुम्बिनी प्रदेशमा जसपाका ४ नेता मन्त्री नियुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !