१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ओलीविरुद्ध माधव नेपालसहित एमालेका ४ नेताको रिट सर्वोच्चमा दर्ता, आइतबार पेसी



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतविरुद्ध एमालेकै वरिष्ठ नेता माधव कुमार नेपालसहितका ४ नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । बिहीबार नेपालसहितका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको तर्फबाट तिलक थापाको वारेसनामा रिट दर्ता भएको छ ।

रिटमा ओलीले आफूहरुमाथि गरेको कारबाही अवैधानिक भएको तथा हालै सोधिएको स्पष्टीकरण पनि पार्टी विधानविपरित भएको दावी गरिएको छ । साथै फागुन २८ मा ओलीले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठकका नाममा गरेका निर्णयहरु खारेज गर्न माग गरिएको छ ।
सो कारबाही खारेज गर्दै उत्प्रेषण, प्रतिषेध र परमादेश समेतको आदेश माग गरिएको छ।   रिट बुधबारै दर्ता गर्ने भनिएपनि बिहीबार मात्रै दर्ता भएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !