१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पशुपतिनाथ मन्दिरमा फेरि भक्तजनका लागि पूजाआजा गर्न अनिश्चितकालीन रोक



काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा शुक्रबारबाट भक्तजनका लागि पुजाआजा गर्न अनिश्तिकालीन रोक लगाइएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुका लागि पूजाआजामा रोक लगाएको हो ।

अर्को सूचना नआउन्जेलसम्मका लागि भक्तजनहरुका लागि मन्दिरभित्र प्रवेश गर्न निषेध गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले  जानकारी दिए ।

‘भक्तजनका लागि मन्दिरको मुख्य प्रवेशद्वार बन्द रहेछ’ उनले भने, ‘ नित्यकर्म भने नियमित हुनेछ ।’

यसअघि चैत्र ११ गतेबाट लकडाउन भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनका लागि पूजाआजामा रोक लगाइएको थियो । लकडाउन खुकुलोभएसँगै ९ महिनापछि गता पुस १ गतेबाट नियमित पूजाका लागि खोलिएको थियो ।


प्रतिक्रिया दिनुहोस !