१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

राजधानी काठमाडौं कै अस्पतालहरुमा अक्सिजन अभाव हुने चिन्ता



काठमाडौं । कोरोना संक्रमणका कारण भारतमा अक्सिजनको चरम अभाव हुँदा धेरै कोरोना संक्रमितले ज्यान गुमाइरहेका बेला नेपालमा पनि अक्सिजनको अभाव हुने चिन्ता बढेको छ । अस्पताल पुग्ने ९० प्रतिशत भन्दा बढी संक्रमितलाई अक्सिजनको आवश्यकता पर्छ तर राजधानीकै केन्द्रिय अस्पतालहरु मै कतै अक्सिजन प्रयाप्त छैन त कतै अक्सिजन प्लान्ट नै बिग्रिएर थन्किएका छन् । देशभर एक सय २५ सरकारी अस्पतालमध्ये १६ अस्पतालमा मात्र अक्सिजन प्लान्ट छन्,भने त्यसमध्ये ४ वटा मात्रै संचालनमा छन् । १० वटा बिग्रिएका छन् त्यसैगरी निजि तर्फ १४ अस्पतालमा अक्सिजन प्लान्ट छन् ।

कोरोना संक्रमित भएका मध्ये २० प्रतिशतलाई अक्सिजनको आवश्यकता पर्न सक्ने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। अधिकाश कोरोना संक्रमितलाई चाहिने पहिलो उपचार नै अक्सिजन हो। कोरोना संक्रमण बढ्दै जाँदा अधिकाश देशले अस्पतालमा पर्याप्त अक्सिजनको ब्यबस्था गर्छन् तर नेपालमा अक्सिजन ब्यबस्थापन तिर ध्यानै दिएको पाइदैन । त्यसैले केन्द्रिय अस्पतालहरुमै अक्सिजनको अभाब हुने संकेत देखिन थालिसकेको चिकित्सकहरु बताउछन् ।

नेपालको जेठो केन्द्रिय अस्पताल वीर अस्पतालको अक्सिजन प्लान्ट बिग्रिएको १ बर्ष भयो संक्रमितले अस्पतालका बेडहरु भरिन थालिसक्दा पनि अझै पनि मर्मत तर्फ ध्यान दिएको छैन । शुक्रराज अस्पतालमा गत बर्ष कोरोना महामारी कै समयमा लिक्विड अक्सिजन प्लान्ट’ जडान गरिएको भए पनि अहिले आवश्यक सामाग्री नहुदा अक्सिजन प्रयाप्त उत्पादन भैरहेको छैन । ठुलो भनिएको ह्याम्स अस्पतालको समेत आफ्नै अक्सिजन प्लान्ट छैन सप्ल्यार कै भरमा अस्पतालमा अक्सिजन दिरहेको अस्पतालले जानकारी दिएको छ ।

नर्भिक अस्पतालको भने आफ्नै अक्सिजन प्लान्ट छ दैनिक ४० देखी ४५ जम्बो सिलिन्डर उत्पादन गरिरहेको छ । ३ सय सिलिन्डर सम्म ब्याकअप राख्ने गरिएको छ । यस बर्ष साउन देखि दैनिक दैनिक संक्रमित ११ हजार संक्रमित पुग्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयको छ । आवश्यकता अनुसार अक्सिजन उत्पादन गर्न सक्ने भौतिक पूर्वाधारको ब्यबस्थापन सरकारले गनुपर्ने बिज्ञको सुझाव छ ।

 


प्रतिक्रिया दिनुहोस !