१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

एमालेको बैठक बस्दै, नेपाललगायत २७ जनामाथि कारबाही गर्ने तयारी



काठमाडौं : आज सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखी बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीको सांगठानिक र राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। आन्तरिक विवादले पार्टी विभाजनसम्मको जोखिम बढिरहेको समयमा बैठक बस्न लागेको हो । आज बस्ने बैठक बैशाख ६ गतेकै निरन्तरता हो ।

अध्यक्ष ओलीले केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्नुभएको थियो । ६ गतेको बैठकले माधवपक्षीय नेताहरु प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । उनीहरुको जवाफमाथि आजको बैठकमा छलफल र थप कारबाहीको निर्णय हुन सक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !