१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

केन्द्रीय सदस्य हुने डरले बटुवा समेत बालुवाटार नजिक हिँड्नै छाडिसके : नेपाल



जनकपुर : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारनजिक भएर बटुवा बाटो हिँड्नै छाडेको बताएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बटुवालाई केन्द्रीय सदस्य बनाउन थालेपछि बालुवाटारनजिक भएर बटुवाहरुले बाटो हिँड्नै छाडेको उनले बताए । उनले भने, ‘अल्पमत परेपछि ओलीले बाटो हिँड्ने बटुवालाई केन्द्रीय सदस्य बनाएका छन् । बटुवालाई केन्द्रीय सदस्य बनाउन थालेपछि बालुवाटारनजिक भएर बटुवा बाटो हिँड्नै छोडे ।’ यसअघि नेता नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र धरापमा पारेको आरोप लगाएका छन् । उनका अनुसार पार्टी फुट्न नदिन पटक–पटक भेटघाट गरे पनि ओलीको हठका कारण सफल हुन सकेको छैन ।

 


प्रतिक्रिया दिनुहोस !