१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

वार्ता बादलसँग हुँदैन, प्रधानमन्त्री नै टेबलमा आउनु पर्छ : लक्ष्मण थारु



कैलाली : थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’बाट वार्ता नहुने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली वार्तामा आउनुपर्ने बताएका छन् । सरकारले टीकापुर घटनाको मुद्दामा थारुसँग गरेको वार्तालाई नौटङ्कीको संज्ञा दिँदै उनले लाल आयोग र देवीराम शर्मा समितिको प्रतिवेदन टेबुलमा राखेर प्रधानमन्त्री स्वयम् वार्तामा आउनुपर्ने बताए । कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै उहाँले सरकारले वार्तामार्फत समस्या समाधान नभइ वार्ता गरेको मात्रै देखाउन खोजेको आरोप लगाउनुभयो । ‘एक महिनादेखि थारु समुदायसँग वार्ता गर्‍यौं भनेर देखाउनका लागि मात्रै सरकारले वार्ताको नौटङ्की गरेको हो,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म एउटा बुँदामा पनि छलफल भएको छैन, बादलबाट वार्ता सफल हुँदैन, प्रधानमन्त्री वार्तामा आउनुपर्छ ।’

उच्च अदालत दिपायलको टीकापुर घटना मुद्दाको फैसलापछि दोषी ठहर भइ अर्धभूमिगत भएका थारुले छानविन प्रतिवेदन सिरानीमुनि लुकाएर टीकापुर घटना मुद्दाको समाधान नहुने बताए । टीकापुर घटनालाई चाँडै समाधान गर्नुपर्ने बताउदै थारुले पहिलो, दोस्रो चरणको विरोधको कार्यक्रम गरिसकेको र अब आउँदो १६ गतेदेखि तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिए। उहाँले रेशम चौधरी रिहाई र टीकापुर घटना मुद्दालाई सरकार गिराउने र बनाउनेसँग जोड्न नहुने बताए ।


प्रतिक्रिया दिनुहोस !