१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

यात्रुवाहक बस दुुर्घटना : सहचालकको मृत्यु, १९ जना गम्भीर घाइते



खोटाङ : हलेसीमा यात्रुवाहक बस दुुर्घटना हुुँदा सहचालकको एक जनाको घट्नास्थलमै मृत्युु भएको छ । १९ जना गम्भीर घाइते भएका छन् । हलेसी दर्शनका लागि तीर्थयात्रु बोकेर आएको बस शनिबार बिहान हलेसी तुवाचुङ नगरपालिका–१ बाहुुनीडाँडास्थित रागाकाटे भीरमा दुर्घटना हुँदा सिन्धुपाल्चोकका अनिल तामाङको घट्नास्थलमै मृत्यु भएको हो ।

बा ३ ख ९२८५ नम्बरको बस सडकबाट २० मिटर खसेर तल्लो सडकमा पुगेको थियो । बसमा ३९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । दुई वटा एम्बुलेन्स र टाटा सुुमो मार्पmत घाइतेलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरी निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिनुभयो । हाल उक्त सडकखण्डमा स्तरोन्नतिको काम भइरहेकाले जमिन भास्सिएर बस तल खासेको उनको भनाइ छ । मृतक तामाङको शव दिक्तेल हस्पिटलमा ल्याइएको छ । घाइते चालकको जनसेवा हेल्थ सेन्टर घुर्मीमा उपचार भइरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !