१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आईपीएलमा राजस्थानले कोलकातालाई ६ विकेटले हरायो



काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । त्यसको जवाफमा राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाउँदै जित हासिल गर्यो । राजस्थानका कप्तान सन्जु साम्सन ४२ रनमा नटआउट रहे । जारी सिजनमा राजस्थानको पाँच म्याचमा यो दोस्रो जित हो । यस्तै पाँच खेलमा कोलकाताको यो लगातार चौथो हार हो । यो हारसँगै कोलकाता अंकतालिकाको आठौं स्थानमा खस्किएको छ ।


प्रतिक्रिया दिनुहोस !