Sunday, April 27, 2025

ट्रेन्डिङ :

संकटकालको झल्को दिने गरी उज्यालो नेटवर्कका सम्पादक तामाङ कार्यालयबाटै पक्राउ

spot_img
spot_img

काठमाडौं । उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौताका बिषयमा समाचार छापेको भन्दै संकटकालको झल्को दिने गरी उज्यालो नेटवर्कको अनामनगरस्थित कार्यालयबाटै प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गर्दै तामाङलाई आइतबार कार्यालयबाटै पक्राउ गरेको हो। विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा तामाङलाई पक्राउ गरेको पक्राउ पूर्जीमा उल्लेख छ ।

तर महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले भने तामाङलाई अनलाइनको कार्यालय बाहिरबाट पक्राउ गरेको बताए। प्रेस काउन्सिल नेपालले मागेको २४ घण्टे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भन्दै क्षमा मागिसकेको छ। तामाङलाई पक्राउ गर्दा पत्रकारहरूले नाराबाजी गरेका थिए । यसअघि पाटन उच्च अदालत समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ नगर्न प्रहरीका नाममा आदेश दिएको थियो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?