१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सबै तहका परीक्षाहरू स्थगित, एसईई बारे पछि निर्णय लिईने



काठमाडौं : कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको सिसिएमसीको बैठकले सो निर्णय गरेको हो । सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय नभएको र एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ । यसअघि बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि परीक्षा चाहिँ नरोकिने बताएको थियो ।

त्यसैगरी मेडिकल कलेजको पढाइ पनि नरोकिने क्याबिनेटको आदेशमा उल्लेख थियो । तर, आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको हो । शनिबार बालुवाटारमा प्रधानमन्त्रीसमक्ष भएको ब्रिफिङमा विद्यार्थीहरु सडकमा हिँडिरहेको देखिएको भन्दै चासो व्यक्त भएसँगै परीक्षा रोक्न सिफारिस गरिएको सिसिएमसी निर्देशक समितिका एक सदस्यले बताए । बालुवाटारको शनिबारको ब्रिफिङमा प्रधानमन्त्री ओलीले सरकारको आदेश र स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !