१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सुर्खेतमा एक साता निषेधाज्ञा



सुर्खेत । कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार मध्यरातिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा लागू हुँदैछ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको उनले बताए । ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा लागू गर्ने निर्णय गरेका छौं, भोलिदेखि जिल्लाभर एक साता निषेधाज्ञा जारी हुन्छ,’ प्रजिअ रिजालले भने । निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडी मात्र सञ्चालन गर्न दिने बताइएको छ । जिल्लामा मात्रै तीन सय बढी सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया दिनुहोस !