१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

उपत्यकामा आंशिक लकडाउन मात्र, हवाई उडान ठप्प हुने



काठमाडौं ; काठमाडौं उपत्यकामा आंशिक लकडाउन मात्र हुने भएको छ । कुन–कुन क्षेत्र खुकुलो गर्ने भन्ने विषयमा निर्णय गर्न अहिले काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओहरुसहितको बैठक बसिरहेको छ । यसअघि बुधवारदेखि उपत्यकामा लकडाउन हुने भनिए पनि तत्काल पूर्ण रुपमा लकडाउन नहुने भएको हो । सीडीओहरुको बैठकमा काठमाडौंका केही क्षेत्र खुकुलो राखेर निषेधाज्ञा जारी गर्नेबारेमा छलफल भइरहेको छ ।

कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय पुगेका जिल्लामा निषेधाज्ञा गर्न सीसीएमसीले निर्णय गरेको थियो । सोही निर्णयका आधारमा निषेधाज्ञा जारी गर्ने तयारी भएको हो । बैठकले काठमाडौंबाट हुने आन्तरिक तथा बाह्य हवाइ उडान पनि बन्द गर्नेबारे निर्णय गर्ने बताइएको छ । यस्तै सार्वजनिक यातायात पनि बन्द गर्ने स्थानीय प्रशासनको योजना छ ।


प्रतिक्रिया दिनुहोस !