१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु



पोखरा । गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार कास्कीका २ र स्याङ्जा तथा म्याग्दीका १÷१ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुषको सोमबार बिहान पौने ६ बजेतिर मृत्यु भएको छ । उनलाई वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा महानगरपालिका–१ की ५५ वर्षीय महिलाको सोमबार दिउँसो पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–१२ का ५८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा सोमबार मृत्यु भएको हो । यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका वृद्धको मणिपाल शिक्षण अस्पताल पोखरामा सोमबार बिहान सवा ३ बजे उपचारको क्रममा मृत्यु भएको हो । थप ४ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !