१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश



काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारमाथि अविश्वासको प्रस्ताव अविश्वासको प्रस्ताव पेश भएको छ । तत्कालीन माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका गुरुङ बिरुद्ध नेकपा एकता भंग भएपछि माओवादी, कांग्रेस, जनमोर्चा र राजपा मिलेर अविश्वासको प्रस्ताव पेश गरेका हुन् । बैठकको शुरुमै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव माथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद रोशन गाहा मगरले सरकारले गरिरहेको विकासको अभियानलाई रोकेर जनतालाई भ्रम पार्ने खालको काम गरिएको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस !