Tuesday, May 20, 2025

ट्रेन्डिङ :

कोरोना बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको आग्रह

spot_img
spot_img

काठमाडौं : दोस्रो चरणको कोरोना महामारीबाट बढी प्रभावित भएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरी बन्दाबन्दी गर्न नेपाल चिकित्सक संघले आग्रह गरेको छ । सोमबार संघले विज्ञप्ति जारी गर्दै संक्रमितको संख्या बढ्दै गएको, स्वास्थ्यकर्मी तथा चिकित्सकहरु नै संक्रमित भएकाले बढी संक्रमित भएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरि बन्दाबन्दी गर्न माग गरेको छ। नेपाल सरकार, सर्वसाधारण र चिकित्सकका लागि छुट्टाछुट्टै कोरोनासम्बन्धी बुँदाहरु विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड–१९ उपचारमा अस्पताल प्रयोग गर्न आग्रह गरिएको छ । यसैगरी अस्पतालमा अक्सिजन बेड र एचडीयू थप गर्न संघले आग्रह गरेको छ । निश्चित अस्पताललाई कोभिड अस्पताल घोषणा गरी संक्रमितको छुट्टै उपचारको व्यवस्था गर्न पनि माग गरेको छ । त्यस्तै, कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्यको जिम्मा सरकारले लिने र घोषणा गरेको जोखिम भत्ता र बिमा प्रभावकारी रुपमा लागू गर्न पनि संघकाको माग रहेको छ ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?